Section 23
सूचनाको गोप्यता
(१) यस ऐनबमोजिम अख्तियारको दुरूपयोगको अनुसन्धान र तहकीकातको सिलसिलामा आयोगलाई प्राप्त भएको सूचना वा जानकारी र आयोगले बुझेको वा संकलन गरेको प्रमाणहरू जनसाधारण वा प्रचार प्रसारका माध्यमलाई प्रकट गर्न हुँदैन ।
तर अख्तियारको दुरूपयोगको अनुसन्धान र तहकीकात गर्न वा तत्सम्बन्धी प्रतिवेदन पेश गर्न वा कारवाई चलाउन आवश्यक भएको सूचना वा विवरण प्रकाशित गर्न आयोगलाई बाधा पर्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि आयोगले उपयुक्त सम्झेको सार्वजनिक महत्वको कुनै कुराको छानविन, अनुसन्धान र तहकीकात खुला रूपमा पनि गर्न सक्नेछ ।